नेप्से ५८ अंकले घट्दा सबै उपसूचक राताम्मे

१२ फाल्गुन २०७८, बिहीबार १५:११

काठमाडौं ।  नेप्से ५८। ९९ अंकले घट्दा २६६१।४४को विन्दुमा कायम भएको छ । २२९ सूचीकृत कम्पनीको ८४ करोड ९० लाख ६ सय ८९ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नेशनल हाईड्रोपावर, नेपाल टेलिकम, जीवन विकास, अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ९ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, सनराइज म्युचुअल फण्ड, एनआईबी्रएल समृद्धि फण्ड २, शिव श्री हाईड्रोपावर, नबिल इक्टिी फण्डले सर्वाधिक कमाउन सफल भएको छ। आज सबै उपसूचक राताम्म्मे भएको छ। आज म्युचुअल फण्डको उपसूचक सर्वाधिक अंकले घटेको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*