सानिमा बैंकद्धारा नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्ग सेवाको शुभारम्भ

१३ फाल्गुन २०७८, शुक्रबार १८:२२

काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ। जसमा उक्त तरकारी बजारमा सामान खरिदपछि क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्दा क्यास ब्याक पाइनेछ ।

यो योजना फागुनदेखि वैशाख मसान्तसम्म लागू हुनेछ । ग्राहकले प्रत्येक भुक्तानीमा २ प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक ५०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । क्यास ब्याकवापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ । बैंकले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*