मंगलमले ५० वर्ष सम्मको रिप्लेसमेन्ट वारेन्टि दिन्छ : प्रो.रोमीत गौतम

पछिल्लो समय मंगलमको सि.पि.भि.सि. ब्रान्डको पाइप्स तथा फिटिङ्सको डिमान्ट बढीरहेको छ । मंगलम ब्रान्डको पाइप्स तथा फिटिङ्सको बजार मागको अवस्था, यसप्रति उपभोक्ताहरुको प्रतिक्रिया र मंगलम ब्रान्ड नै किन उचित छ, भन्ने विषयमा मंगलमका आधिकारी विक्रेता सिद्धी गणेश ट्रेड सप्लायर्सका प्रो.रोमीत गौतमसँग गरेको कुराकानी :
१. तपाईंले यो व्यवसाय गर्न शुरु गर्नुभएकोे कति भयो ?
मैले मंगलमको डिलरशिप लिएको त्यस्तै ३ वर्ष जति भयो ।
२. उपभोक्ताहरुले प्राय कुन ब्रान्डको पाइप्स तथा फिटिङ्स खोज्नुहुन्छ ?
पहिला पहिला त जि.आइ. नै धेरै आउँथ्यो, त्यसपछि पि.पि..आर.आयो । अब अहिले चाँहि मंगलमको सि.पि.भि.सि. नै धेरै खोज्नुहुन्छ ग्राहकहरुले ।
३. गुणस्तरको हिसाबमा मंगलम पाइप्स तथा फिटिङ्स प्रति उपभोक्ताहरुको प्रतिकृया कस्तो पाउनु भएको छ ?
अब यो भनेको हेर्नुस् नेपाल, भारत दुवै देशबाट गुणस्तर मान्यता प्राप्त र प्रमाणित पनि छ । अनि यसमा हाम्रो ५० वर्षको वारेन्टि पनि छ । त्यस्तै कस्टिङमा गाह्रो नहुने गरी रिप्लेसमेन्टको व्यवस्था पनि छ । त्यसैले अहिले सम्म त्यस्तो गुनासो आएको छैन ।
४. उपभोक्ताहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
१–२ करोड लगानी गरेर बनाउने घरमा जम्मा २% त पाइप्स र फिटिङ्समा लगानी हुन्छ । त्यही भएर घर बनाउँदा युरोपियन प्रविधिबाट बनेको र प्रायः सबै प्लम्बर टेक्निसियनहरुलाई काम गर्न सजिलो हुने भएकोले उनीहरुको रोजाइमा पर्ने सि.पि.भि.सि. नै प्र्योग गर्नुस् भन्न चाहन्छु ।
५. तपाईंको विचारमा मंगलम नै किन सहि छ ?
अब हेर्नुस् पहिला पहिला इन्डियन जि.आइ. पाइप आउँथ्यो । त्यस्तो अवस्थामा मंगलमले नै नेपालमै पहिलोपल्ट प्लान्ट नै राखेर सि.पि.भि.सि. पाइप उत्पादन गर्न थाल्यो । अब यो उत्पादन गरेको नै ७–८ वर्ष भईसक्यो ।
यसरि नेपालकै पहिलो सि.पि.भि.सि उत्पादकको रिटेलर भन्न पाउँदा गर्व लाग्छ । गुणस्तरको हिसाबले त झन यो सर्वोत्कृष्ट छ । यो गुणस्तर प्रमाणित पनि छ । यसमा केहि म्यानुफ्याक्चर डिफेक्ट आए पनि मंगलमले ५० वर्ष सम्मको रिप्लेसमेन्ट वारेन्टि दिन्छ।
त्यस्तै प्रेसर चेक देखी लिएर गुणस्तरसँग सम्बन्धि आवश्यक हरेक मापदण्डहरु जाँच गरिन्छ। त्यसैले गुणस्तरको सवालमा हामी सत प्रतिशत ग्यारेन्टी दिन सक्छौँ ।
बजारमा धेरै किसिमको पाइपहरु छन् उनीहरु पनि राम्रो छन् तर तिनीहरु मध्य सबैभन्दा राम्रो त मंगलम् नै हो त्यही भएर मंगलम नै सहि लाग्छ ।













