रुसी सेनाको आक्रमणको कारण विश्वकै ठूलो जहाज एएन–२२५ ‘मृया’ ध्वस्त, ३ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान

१६ फाल्गुन २०७८, सोमबार १८:०७

काठमाडौं । रुसी सेनाको आक्रमणको कारण विश्वकै ठूलो जहाज ध्वस्त भएको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभन नजिकै रहेको विमानस्थलमा राखिएको अवस्थामा ध्वस्त पारेको हो ।

युक्रेनी प्रतिरक्षा कम्पनी युक्रोबोरोन्प्रोमले यस जहाजको पुनर्निर्माणमा ३ अर्ब अमेरिकी डलर खर्च हुने बताएको छ। यस्तै यसलाई बनाइसक्न पाँच वर्ष लाग्ने पनि बताइएको छ।
युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै संसारकै ठूलो जहाज एएन–२२५ ‘मृया’ ध्वस्त भएको बताएका छन् । पाँचौ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले उक्त खुलासा गरेका हुन् ।

रुसको गोलाबारीपछि एएन–२२५ मृया ध्वस्त भएको हो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज रहेको बताइर्एको छ ।
रुसी सेनाको गोलाबारीपछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्टबाहिर सो जहाज जलेको थियो ।

विश्वकै ठूलो मृया द ड्रिम लाई रुसी अतिक्रमणकारीहरुले किभ नजिकैको मैदानमा आक्रमण गरेका हुन्।
हामीले फेरि जहाज बनाउनेछौं । हामी बलियो, स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको हाम्रो सपना पूरा गर्नेछौं,’ देशको एउटा आधिकारिक ट्विटर ह्यान्डलमा ट्विट गरिएको छ ।

ट्विटसँगै युक्रेननको ट्विट ह्यान्डलमा एउटा तस्विर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ, ‘उनीहरुले हाम्रो सबैभन्दा ठूलो जहाज जलाएका छन, तर हाम्रो मृया कहिल्यै विनाश हुनेछैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*