१९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला झन्डै एक लाख
१८ फाल्गुन २०७८, बुधबार ११:२२

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । केही दिनयता लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा १ हजार ९ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैंया र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको चाँँदी बुधबार भने तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।













