यती एयरलाइन्सको टिकट आइएमई पेबाट काट्दा निःशुल्क टिकट पाउने मौका
१९ फाल्गुन २०७८, बिहीबार १४:३८

काठमाडौं । यती एयरलाइन्सको टिकट आइएमई पेबाट काट्दा निःशुल्क टिकट पाउने नयाँ अफर सार्वजनिक भएको छ ।
आइएमई पे एपका प्रयोगकर्ताहरुलार्ई फागुन १२ गतेदेखि २ महिनासम्म यथी एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्धारा खरिद गर्दा लक्की ड्र मार्फत निःशुल्क उडान टिकट पाउनेछन् ।
यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सबीच यो समझदारी बनेको हो । निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अतिमहत्वपूर्ण स्थानहरू रहेका छन् ।
यस अफर अन्र्तगत २ महिनाको अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिनेछन् जसमध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् ।













