नेपाल आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, हालसम्मकै उच्च मूल्यदर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।
निगमले प्रकाशित गरेको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा ५ रुपैयाँ बृद्धि गरेको हो । सो अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १३३ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, निगमले एलपी ग्याँसको मूल्य भने ६६५ रुपैयाँ घाटा हुँदा समेत बृद्धि नगरी यथावत् नै राखेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दा पनि आयल निगम नोक्सानमा रहेको । निगमले १५ दिनको जम्मा घाटा करिब ३ अर्ब ९ करोड रुपैयाँबाट करिब ५९ करोडले घटी अझै २ अर्ब ५० करोड रुपैयाँ घाटा यथावत नै रहने देखिन्छ ।














