आकाशियो सुनको मूल्य, प्रतितोलाकै झण्डै लाख रुपैयाँ
२० फाल्गुन २०७८, शुक्रबार ११:०३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ । सुन तोलामा ९ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ र तेजावी सु्नको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम गरेको थियो ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३८० हजार रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने स्थित रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













