दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख रुपैयाँ बढी चाहिने
२२ फाल्गुन २०७८, आईतवार ११:५०

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य एक लाख रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बृद्धि भएको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य १ लाख १ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ ।
शुक्रबार छापावाला सुनको मूल्यको ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सुनको मूल्यमा उच्च बृद्धि भएसँगै चाँदी पनि बढ्न पुगेको छ । शुक्रबार १ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ पुगेको छ ।













