सुनको मूल्य आकाशिदै, तोलामा ११ सयले बढ्यो

२३ फाल्गुन २०७८, सोमबार १३:०५

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । साताको दोस्रो दिन सुन तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र तेजावी सुनेको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैया कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*