ललितपुरमा एकै परिवारका ५ जना मृत अवस्थामा फेला

२३ फाल्गुन २०७८, सोमबार १३:१३

काठमाडौं । ललितपुर जिल्लाको कोञ्योसोम गाउँपालिका वडा ४ नल्लुमा एकै परिवारका ५ जना मृत्यु फेला परेका छन् । चार जना घरभित्रै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जसमा २ दिने शिशु सहित ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष स्याङ्तान, २३ वर्षीया सुषमा स्याङ्तान र ७ वर्षीय आस्मा स्याङ्तानको मृत्य भएको हो । २ दिने शिशुको उपचारको क्रममा मृत्यु भएको हो भने गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा डिएसपीको कमाण्ड टोली सहित प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थलमा छानबिनका लागि पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*