ब्यवसायी ललित न्यौपानेले दिए एनआरएनए युरोपको उपसंयोजकमा उम्मेदवारी

२३ फाल्गुन २०७८, सोमबार १८:३८

काठमाडौं । ब्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दर्ता गरेका छन् । न्यौपाने अनलाइन मार्फत एनआरएन निर्वाचन समितिमा आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

एमए, बीएलसम्म अध्ययन गरेको उनले १७ वर्षसम्म राष्ट्रिय वाणिज्य बैंकको शाखा प्रबन्धकको अनुभव समेत बटुलेका छन् । न्यौपाने एनआरएनए युकेको कार्यसमिति सदस्य, सहकोषध्यक्ष, उपाध्यक्ष र हाल अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्यमा समेत रहेका छन् । झापा जिल्ला घर भइ अन्तराष्ट्रिय झापाली समाजका केन्द्रीय उपाध्यक्ष समेत रहेका न्यौपानेले आफुले आर्जन गरेको ज्ञान र अनुभव युरोप क्षेत्रमा बिस्तार गर्ने उपसंयोजकमा उम्मेदावारी दर्ता गरेको बताए ।

साथै उनी बेलायतका करिब आधादर्जन विभिन्न सामााजिक संस्थाहरुमा सल्लहाकार रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*