एक लाखभन्दा बढी डाउनलोड भएको “फाइनान्सियल नोटिसेस” एप अब फल्टर टेक्नोलोजीमा

२४ फाल्गुन २०७८, मंगलवार १३:२०

काठमाडौं । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णरुपमा नयाँ प्रविधि (फल्टर) मा अद्यावधिक गरिएको छ । अद्यावधिकसँगै एप्समा नयाँ फिचरहरु उपलब्ध भएको छ । बैंक तथा वित्तीय संस्थाका सूचना, समाचार सहजै हेर्न सकिने गरी एप्सको पूरा डिजाइन नै युआई÷युएक्स मा परिवर्तन गरिएको छ ।

यस एप्समा रहेको वित्त व्यवस्थापनको फिचरलाई व्यवस्थित बनाइएको छ । व्यक्ति वा संस्थागत वित्त व्यवस्थापनको नयाँ फिचरको रुपमा लेजर बुक, फाइनान्स ट्रयाकर र क्रेडिट ट्रयाकरको नयाँ सुविधा थप र व्यवस्थित गरिएको छ । युजरले वित्त ट्रयाकरमा राखेको डाटा सर्भरमा सेभ गर्ने कि मोबाइलमा मात्रै राख्ने विकल्प छनोट गर्न सक्नेछन् । एप्समा नयाँ फिनटेक अफरहरु थपिएको छ, जसबाट बैंक, वित्तीय संस्था र समग्र वित्तीय संस्थाका नयाँ प्रडक्ट र सुविधाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

“फाइनान्सियल नोटिसेस” एप्सबाट बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण सूचना, ताजा आर्थिक समाचार, नयाँ योजना तथा महत्वपूर्ण आर्थिक जानकारी, आगामी कार्यक्रमहरु, शेयर बजार लगानीका अवसर, फिनटेक अफर, शाखा सञ्जाल, एटिएम रहेको ठाउँ, ब्याजदर, ऋणको अवधि, सेवा शुल्क, बैंकिङ्ग सेवा समय, सेयर बजार, रोजगारी, त्रैमासिक वित्तीय विवरण, ई–बैंकिङ सेवा र सुविधाको जानकारी लिन सकिन्छ ।

‘डिजिटल सूचनाप्रति आम नागरिकको चासो बढ्नुले हामीलाई थप हौसला मिलेको छ । साथै बैंक वित्तीय क्षेत्रको सूचनालाई डिजिटाइज गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने अभियानमा हामीलाई झनै ठूलो जिम्मेवारी थपिएको छ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश अर्यालले बताए ।

उनले भने, सबै माझ डिजिटल सूचनाको महत्व बढ्नु, लोकप्रिय हुनु बैंकिङ्ग क्षेत्रमा यसको आवश्यकता महसुस हुनुले हामीलाई थप जिम्मेवारी थपेकोे छ । आगामी दिनमा नेपालका शहरदेखि दुर्गम भेगका सर्वसाधरणसम्म बैंक तथा वित्तीय संस्थाका वित्तीय सेवालाई डिजिटल सूचनाको माध्यमबाट अझ व्यापक बनाई आम नागरिकलाई वित्तीयरुपमा साक्षर बनाउने कार्यमा निरन्तर लागिरहनेछौँ ।’
त्यस्तै एप्सबाट बैंक, वित्त, बीमा र पूँजी बजारको सम्पूर्ण आर्थिक गतिविधि, सेयर बजार लगानीको अवसर, सम्भावना र चुनौती, समग्र अर्थतन्त्रको अवस्था, सरकारको नीति, नेपाल र विश्व अर्थ जगतको सम्पूर्ण आर्थिक जानकारी लिन सकिन्छ ।

कम्पनीले तयार गरेको महत्वपूर्ण फिचरहरुमध्ये केही फिचर टेस्टिङ्गको क्रममा रहेको र ती फिचरहरु आगामी दिनहरुमा आवश्यकता अनुरुप एप्समा उपलब्ध गराउँदै लैजाने प्रबन्धक अर्यालले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*