ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता

२६ फाल्गुन २०७८, बिहीबार १६:५४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी दुईपक्षबीच समझदारी भएको हो ।

उक्त सम्झौतामा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका हुन ।

अब ग्लोबल बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित एलसी, बैंक ग्लारेण्टी, ट्रेड ट्रारन्जेक्सन बैंकिङ र डकुमेन्ट अगेस्ट लगायतका सेवा प्रदान गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*