तीन लाख भारु सहित दुई थाई महिला त्रिभुवन विमानस्थलबाट प्रकाउ
२७ फाल्गुन २०७८, शुक्रबार १४:०६

काठमाडौं । काठमाडौंबाट दिल्लीतर्फ जान लागेको दुई महिलालाई त्रिभुवन विमानस्थलबाट प्रकाउ गरिएको छ । भारतीय मुद्राको अवैध कारोबार गरेको आशंकामा दुई थाई महिलालाई प्रहरीले अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान बिन्दुबाट बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जान्तासन र ४१ वर्षीया वारापोर्न खुन्सोम्बाट छन्।
वानविसाको साथबाट एक लाख ७९ हजार ५०० भारू र वारापोर्नको साथबाट एक लाख १५ हजार भारू बराबद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। उनीहरू भिस्तारा एयरको उडानबाट दिल्ली जान लागेका थिए।
उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ । बाँकि कार्बाही थप अनुसन्धान पछि गरिने छ ।













