नारायणी डेभलपमेण्ट बैंकले अवितिरत हकप्रद शेयर लिलामीमा ल्याउने

३० फाल्गुन २०७८, सोमबार १३:३५

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले बिक्री गरेको शत प्रतिशत शेयर बाँडफाँड गरेको छ । कम्पनीले पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री गरेको शतप्रतिशत हकप्रद शेयर फागुन २६ गते बाँडफाँड गरेको हो ।

कम्पनीले १ बराबर १ को अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा ११ लाख ६६ हजार ६८९ कित्ता हकप्रद शेयर मात्र बाँडफाँट भएको हो ।

यस आधारणमा १ लाख ४५ हजार ६४९ कित्ता हकप्रद बिक्री नभए पश्चात अब बैंकले उक्त बिक्रि नभएको शेयर लिलामीमा ल्याउनेछ । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हाल यस बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*