श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीका संस्थापक शेयरधनी धर्मराज श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता र ज्योति कुमार सरावगीको नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संचालन शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













