सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर बिक्रीमा

२ चैत्र २०७८, बुधबार ११:२९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार ७९ दशमलव २८ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४३ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिने छ । बैंकका संस्थापक शेयरधनी शारदा देवि प्रधानको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालन समितिले बिक्री प्रक्रिया अगाडि बढाएको छ । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले (चैत २ गते) ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थाले बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*