फागुपूर्णिमालाई लक्षित काठमाडौं उपत्यकामा १३ सय जना ट्राफिक परिचालन, यस्तो छ तयारी

२ चैत्र २०७८, बुधबार १३:४७

काठमाडौं । चैत ३ गते पहाड होलीलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ठूलो संख्यामा ट्राफिक परिचालन हुने भएको छ ।

काठमाडौं लगायत पहाडी जिल्लामा मनाइने होलीमा नियम उल्लंघनका साथै ट्राफिक दुर्घटनाको जोखिम हुने भएकाले भोलि बिहानै देखि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा १ हजार ३ सय ट्राफिक परिचालन गर्ने योजना रहेको महानगरी प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उपत्यकाभित्रको ६८ ठाउँमा चेक पोइन्ट राखिनेछ । सो पोइन्टमा मापसेदेखि सवारीको कागजपत्र चेक गरिनेछ । साथै दुईपांग्रे सवारीमा दुईजना भन्दा बढी बोकेर हिड्नेलाई कारबाही समेत गरिने महाशाखाले जनाएको छ ।

यसका साथै दु्र्घटनारहित र मर्यादित ढंगबाट भोलिको होली मनाउन मापसे सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा सवारी हाक्ने र मोडिफाई वा ठूलो आवाज निकालेर सवारी हाक्ने चालकलाई कारबाही गरिने प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*