नेपाल टेलिकमका ग्राहकले आज पाउनेछन् यस्ता सुविधा
३ चैत्र २०७८, बिहीबार ०८:०७

काठमाडौं । नेपाल टेलिकमले होली अफर सार्वजनिक गरेको छ । टेलिकमले आजदेखि लागि लागु हुने गरि अनलिमिटेड डाटासहितको फागु अफ उपलब्ध गराएको जनाएको छ ।
यो अफर आजदेखि चैत १७ गतेसम्म लागु हुने छ । उक्त सार्वजनिक अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबि डाटा ३ दिनका लागि र २९४ रुपैयाँमा २० जीबि डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।
एस्ट्रिक १४१५ एस्ट्रिक ११ ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।













