सुन तोलामा ६ रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
६ चैत्र २०७८, आईतवार ११:०५

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, शुक्रबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













