राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते, उपराष्ट्रपतिले उद्घाटन गर्ने

६ चैत्र २०७८, आईतवार १२:४७

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथौ साधारण सभा र दोस्रो महाधिवेशन चैत २२ गते हुने भएको छ ।
होटल एभरेष्टमा दिउँसो हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेसन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए ।

उनका अनुसार उद्घाटन शत्रमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति हुनेछ । गत वर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरसको त्रासका कारण केही पर धकेलिएको थियो ।

महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल समेत पुरा भएकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । सकेसम्म सहमतिबाटै र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*