बैतडीको दशरथचन्द्र नगरपालिकाले आप्रवासी कामदारलाई ५ लाखसम्मको दुर्घटना बीमा गराइदिने

६ चैत्र २०७८, आईतवार १२:५७

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बैंतडी जिल्लास्थित दशरथचन्द्र नगरपालिकामा अवस्थित भारतमा काम गर्ने आप्रवासी कामदारको निःशूल्क दुर्घटना बीमा गरिने भएको छ । सो नगरपालिकाले भारतका विभिन्न सहरमा काम गरी रहेका ब्यक्तिको दुर्घटना बीमा गर्ने भएको हो ।

दशरथचन्द्र नगरपालिका र रुडेस बैंतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारकोे दुर्घटना बीमा गरिन लागेको हो । भारतमा रहेको नेपालीलाई जोखिम न्यूनीकरणका लागि आप्रवासी कामदारको बीमा गर्ने कार्यक्रम संचालन गर्ने लागेको नगरपालिका नगरप्रमुख नरेन्द्रसिंह थापालाई जानकारी दिए ।

दशरथचन्द्र नगरपालिका घर भई भारतमा काम गर्ने आप्रवासी कामदारको तथ्याङ संकलन गरी उनीहरुको बीमा गरिनेछ । बार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ ।

बैंतडीमा यस अघि पाटन नगरपालिकाले पनि आप्रवासी कामदारको दुर्घटना बीमा गर्दै आइरहेको छ । भारतमा रोगजारीमा गएका नागरिकलाई विभिन्न समस्या पर्ने सक्ने अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरणका लागि बीमा गर्ने लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*