कागज र मसी आयात गर्न नसक्दा श्रीलंकामा वार्षिक परीक्षा स्थगित, ४० लाख विद्यार्थी प्रभावित

काठमाडौं । गम्भीर आर्थिक संकटमा गुज्रिरहेको श्रीलंका सरकारले विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरेको छ ।
श्रीलंकाले कागज र मसी जस्ता शैक्षिक सामाग्री आयात गर्न नसक्दा विद्यालय तहको वार्षिक परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
डलरको अभावमा प्रिन्टिङ पेपर र मसी आयात गर्न नसक्दा पश्चिम प्रान्तका विद्यालयमा परिक्षा स्थगित गरिएको श्रीलंकाका अधिकारीले बताएका छन् । सामान आयात गर्न आर्थिक संकट देखा परेसँगै सोमबार देखि संचालन गर्ने भनिएको वार्षिक परिक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका हुन ।
श्रीलंकाले यो वर्ष मात्रै ६.९ अर्ब डलर ऋण तिर्नु पर्ने स्थिति छ । हाल श्रीलंकका राष्ट्रपति गोटाबाया राजापाक्षले संकट गहिरिँदै गएपछि अन्तर्राष्ट्रिय मुद्राकोषलाई आर्थिक सहायताका लागि अनुरोध गरेका छन् ।













