रसियामाथिको नाकाबन्दीबारे पहिलो पटक बोल्यो चीन, अमेरिका र युरोपको नाकाबन्दी अपमानजनक

६ चैत्र २०७८, आईतवार १४:०९

काठमाडौं । रसिया–युक्रेन युद्धका कारण अमेरिका र पश्चिमा देशहरुले क्रिमलिनमाथि लगाएको नाकाबन्दी अपमानजनक भएको चीनले प्रतिक्रिया जनाएको छ । बेईजिङमाथि रसियालाई सहयोग नगर्न अमेरिकाले चर्को दवाव दिइरहेको बेला आज बेईजिङले प्रतिक्रिया जनाउँदै रसियामाथिको नाकाबन्दी अपमानजनक रहेको बताएको हो ।

युक्रेन संकटबारे हालसम्म मौन रहँदै आएको चीनले आज पहिलो पटक आफ्नो धारणा बाहिर ल्याएको हो । चिनियाँ धारणा बाहिर आएसँगै नयाँ तरंग उत्पन्न भएको छ । फक्स न्यूजका अनुसार चिनियाँ उच्च अधिकारीले शनिबार जनाए अनुसार रसियामाथि अमेरिका र युरोपेली देश तथा क्यानाडा र अष्ट्रेलिया समेतले लगाएको नाकाबन्दी अपमानजनक रहेको ठहर गरेको छ ।

चीनका सहायक विदेशमन्त्री लि युचेनलाई उध्रित गर्दै प्रकाशित समाचारमा नेटोको पूवर्ततर्फ विस्तार गरेर आणविक शक्ति सम्पन्न मस्कोलाई कर्नरमा पार्ने कार्य भइरहेको छ । चीनले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट अनुमोदन नगराई नाकाबन्दी लगाउन नहुने पक्षमा चीन रहेको फक्सन्यूजले उल्लेख गरेको छ ।

रसिया बाहिर रहेका रसियाली नागरिकहरुको सम्पत्ति फ्रिज गर्ने कार्यमा युद्धमा संलग्न नभएका निर्दोष नागरिकमाथि अन्याय भएको बेईजिङले धारणा राखेको छ । चीनले भनेको छ, इतिहासले पुष्टि गरिसकेको छ, नाकाबन्दी समस्याको समाधान होइन, यसले सर्वसाधारणको दैनिक कठिन बनाउँछ, अर्थतन्त्र ध्वस्त बनाउँछ र अन्ततः विश्व अर्थतन्त्र धरासायी बनाउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*