प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापनका देखिएको कारण नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा

काठमाडौं । नायिका प्रियंका कार्कीको तस्वीर राष्ट बैंकले प्रतिबन्धित क्रिप्टोकरेन्सीसँग सम्बन्धित विज्ञापनमा देखिएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा अनुसन्धानको लागि बोलाइएको छ ।
फेसबुकमा ‘इन्भिजिबल फ्रेन्ड्स’ नामक पेजमा ‘एनएफटी प्रोजेक्ट इज लाइभ’ भन्दै प्रियंका कार्कीले पनि लगानी गरेको र तपाईं पनि लगानी गर्नुहोस् भन्ने विज्ञापनमा नायिकाको तस्वीर छापिएको छ । उक्त विज्ञापनमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको बिषयलाई लिएर प्रचार गरिएको हुँदा उनलाई अनुसन्धानको लागि बोलाईएको हो ।यसै बिषयमा थप सोधपुछका लागि कार्कीलाई ब्यूरोमा बोलाएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले बताए ।
नायिका कार्कीले साँच्चै विज्ञापन गर्नुभएको हो, अथवा उहाँको तस्वीर दुरुपयोग भएको हो, अथवा अन्य केही गतिविधि हुन् भन्ने विषयमा थप जानकारी लिन बोलाइएएको हो । उक्त पेज कसले बनाएको थियो र कहाँबाट चलाइएको थियो भन्ने विषयमा थप अनुसन्धान हुने पनि उनले जनाएका छन् ।













