सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

७ चैत्र २०७८, सोमबार ११:२०

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ । साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुन आज भने ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*