खल्तीबाट बैंक खातामा निःशुल्क पैसा पठाउन सकिने

७ चैत्र २०७८, सोमबार १६:२०

काठमाडौं । खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधाको उपलब्ध गराएको छ । प्रयोगकर्ताहरुले निःशुल्क रुपमा जुनसुकै ठाउँबाट खल्ती मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् ।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार रुपैयाँ प्रतिदिन १ लाख रुपैयाँ रहेको छ । तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन् ।

यो अफर आजदेखि आगामी बैशाख ६ गतेसम्म लागु हुनेछ । खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी हुने विश्वास लिएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*