सार्वजनिक खरिद नियमावलीमा देखिएका प्राविधिक त्रुटि संशोधन गर्ने अथर्मन्त्री शर्माको आश्वासन

१० चैत्र २०७८, बिहीबार १३:१६

काठमाडौं । निर्माण ब्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा केही प्राविधिक त्रुटिहरू देखिएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री शर्माले एघारौँ संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू संशोधन गर्ने आश्वासन समेत दिए ।मन्त्री शर्मासँग भएको भेटमा निर्माण व्यवसायीहरूसँग सहकार्य गरी सरकार भौतिक पूर्वाधार विकास कार्य तथा आगामी आवको बजेट निर्माणका लागि महासंघका तर्फबाट सुझाबका बिषयमा छलफल भएको थियो ।

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको मण्डले २३औँ साधारण सभा तथा अधिवेशनको काठमाडौं घोषणापत्र कार्यान्वयन तथा सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका विषयमा जानकारी गराउन अर्थमन्त्री शर्मालाई भेटेको हो । समयमै काम सकेर पुँजीगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन मन्त्री शर्माले व्यवसायीहरूलाई आग्रह गरे ।
महासंघ प्रतिनिधिमण्डलले अत्याधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत् मुल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री शर्मासमक्ष आग्रह गरेको छ ।
महासंघ प्रतिनिधिमण्डलले आजै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटमा मन्त्री झाँक्रीले खरिद नियमावलीको संशोधनबाट मात्रै निर्माण उद्योगको समस्या समाधान नहुने भन्दै खरिद ऐन÷कानुनमै संशोधन आवश्यक भएको बताइन ।
मन्त्रीले निर्माण कार्यमा समस्या देखिने बित्तिकै निर्माण व्यवसायीलाई दोष थुपार्ने प्रवृत्ति गलत हरेको भन्दै सरकारी तहबाटै योजना छनौटदेखि नै गलत अभ्यास हुने गरेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*