एनएमबि बैंकको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
११ चैत्र २०७८, शुक्रबार १०:२८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी विजय बाबु श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको सचिवको कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।












