बैक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा

१३ चैत्र २०७८, आईतवार ११:४६

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर आजदेखि लिलामीमा ल्याएको छ । कम्पनीले यस अघि फागुन ५ गतेदेखि चैत ९ गतेसम्म विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर बिक्री गरेकोमा सो अवधिमा कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुल्ला गरेको हो ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह तर्फको १ लाख ४९ हजार ८ सय कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ५४० रुपैयाँ तोकिएको छ । शेयरमा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह तर्फको ६ लाख ६ हजार १४० कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मुल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिन सकिनेछ ।

दुवै कम्पनीको उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य ब्यक्ति तथा संघ संस्थाले बैशाख १८ गतेसम्म आवश्यक कागजात संकलन गरी बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*