नेपाल र चीनबीच नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा शनिबार सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौ बुँदे समझदारी भएको हो ।
शनिबार परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।
विदेशीमन्त्री वाङ नेतृत्वमा १७ सदस्यीय प्रमण्डका नेपालका लागि चीनका राजदुत होउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइलगायत पदाधिकारी संलग्न थिए ।
चीनसँग भएका नौ बुँदे समझदारीमा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाब्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाब्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत बस्तुका लागि शुल्कमुक्त कारोबार विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेदवे क्षेत्रमा सहयोग अभिवृद्धि सम्बन्धी सातौ बैंठकको दस्तावेज रहेका छन् ।
साथै कोभिड १९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौ र छैठौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र र चितवनस्थित विपी कोइराला क्यान्सर अस्पपतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी भएको हो ।













