प्रेस युनियन सुनसरीले गरायो प्रदेश १ का २७१ जना पत्रकारको दुर्घटना बीमा
१५ चैत्र २०७८, मंगलवार १६:१७

काठमाडौं । प्रेस युनियन सुनसरीले प्रदेश १ का २७१ जना संचारकर्मीको दुर्घटना बीमा गरेको छ । दुर्घटना बीमामा लाग्ने कुल रकम मध्ये आधार प्रेस युनियन र आधा अजोड इन्स्योेरेन्सले ब्यहोर्ने भएको हो ।
युनियन र अजोड इन्स्योरेन्सबीच सोमबार बीमा गर्न सम्बन्धी सम्झौता भएको हो । बीमा गरेका पत्रकारको सवारी दुर्घटनामा मृत्यु भएमा परिवारलाई ७ लाख रुपैयाँ र घाइते भए भने अधिकतम १ लाख रुपैयाँ पाउने समझदारी भएको हो ।













