लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सको १६औं वार्षिक साधारण सभा भोलि बस्दै

१६ चैत्र २०७८, बुधबार १४:०२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा भोलि (चैत १७ गते) बस्दैछ । सभा बिहिबार आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे बस्ने बोलाएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै बोनस शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी बृद्धि भई १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्ने हुँदा सो सम्बन्धि संशोधन गर्न स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।

त्यस्तै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणका अनुसूचीहरुमाथी छलफल गरी पारित गर्नेछ ।

आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत सो सभाको विषयसूची रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) चैत १ गते गरेको हुदाँ फागुन ३० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित भई कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*