इमर्जिङ नेपाल सहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । चरम आर्थिक संकट र तरलता संकट व्यवस्थापन हुन नसक्दा पछिल्लो समय शेयरबजारमा लगतार गिरावट आइरहेको छ ।
आज नेप्से परिसूचक १५.९४ अंकले कारोबार समेत खुम्चिन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५२६ रुपैयाँको कारोबार भएको छ । शेयरबजारमा केहीदिनयता शेयरको मात्रा र कारोबार रकम ह्वात्तै घट्ने क्रम रहेको छ ।
एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक इमर्जिङ नेपालको भएको छ । कम्पनीको आज एकैदिन ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ५ करोड ६७ लाख, सूर्या लाइफ इन्स्योरेन्सको ४ करोड ६३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९१ लाख र नेपाल टेलिकमको ३ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














