दोहोरो अकंले घटेको शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
२१ चैत्र २०७८, सोमबार १५:२७

काठमाडौं । सोमबार शेयर बजार दोहोरो अकंले घटेको छ । साताको पहिलो दिन ३० अकंले घटेको नेप्से आज पनि १५.९४ अकंले घटेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ओरालो लाग्दा कारोबार समेत १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँमा सिमित भएको हो ।
नेप्से घटेर कारोबार समेत १ अर्ब ५८ करोडमा सिमित हुदाँ सिटिजन्स म्युचुअल फण्डका शेयरधनीहरुले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ५.६६ प्रतिशले घटेको हो ।
त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ४.२८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.०१ प्रतिशत, सिद्धिर्थ इन्स्योरेन्सको ३.४२ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ३.४० प्रतिशतले घटेको हो ।














