स्वास्थ्य बीमा सेवा डिजिटल बनाउँदै बोर्ड, मोबाईल एप लन्च हुँदै, भोलिबाट नविकरण समेत अनलाइनबाटै हुने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशव्यापी रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा सेवा अब सर्वसुलभ रुपमा नागरिकहरुले उपयोग गर्न पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले मोबाईल एपबाटै आफ्नो उपचार सुविधाबारे जानकारी पाउने भएपछि यो सेवा अझै सर्वसुलभ र प्रभावकारी हुन लागेको हो ।
बोर्डले स्वास्थ्य बीमा दिवस चैत्र २५ को अवसर पारेर भोलिबाट स्वास्थ्य बीमा बोर्डले भोलि शुक्रबार औपचारिक रुपमा स्वास्थ्य बीमा बोर्डको मोबाईल एप र अनलाईनबाट नविकरण सुविधा सुरु गर्न लागेको हो ।
बेलायती सहयोग संस्था जिआईजेडको सहयोगमा तयार पारिएको मोबाईल एपबाट बीमितले उपचार गर्ने अस्पताल, बीमितको बाँकी उपचार सुविधा रकम लगायतका जानकारी सजिलै पाउन सक्नेछन् । साथै बीमितले बीमा उपचार सुविधा पाउन के के गर्नुपर्दछ भन्ने कुराको जानकारी मोबाईल एपमै हुनेछ ।
बोर्डले स्वास्थ्य बीमाको नविकरणको लागि स्वास्थ्य बीमा बोर्डको कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरेको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले कनेक्ट आईपिएस र खल्तीमार्फत नविकरण शुल्क तिरेर सजिलै नविकरण गर्न सकिने गरी अनलाईन नकिवरणको व्यवस्था मिलाएको छ, जुन भोलि शुक्रबार औपचारिक उद्घाटन हुनेछ ।
बोर्डले २०७२ साल जेठ १ गते कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा सेवा अहिले राजधानी काठमाडौं बाहेक देशका ७७ वटा जिल्लामा विस्तार भइसकेको छ ।













