चालु आवमा स्वास्थ्य बीमा बोर्डद्धारा साढे ६ अर्ब रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक बर्षमा मात्रै साढे ६ अर्ब माथि बीमा दाबी भुक्तानी गर्न सफल भएको छ। स्वास्थ्य बीमा बोर्डले गरेको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले यस्तो बताएका हुन् ।
त्यस्तै, बोर्डले हालसम्म कुल २५ अर्ब २५ करोड रुपैयाँ दाबी भुक्तानी परेकोमा १६ अर्ब ७९ करोड रुपैयाँ भुक्तानी दिईसकेको छ । यस आर्थिक बर्षमा मात्रै बोर्डले साढे ६ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ भने कुल बाँकि ७ अर्ब ४३ करोड रुपैयाँ मात्र बीमा दाबी भुक्तानी दिन बाँकि भएको बोर्डका कार्यकारी निर्देशक बसौालाले कार्यक्रममा बताए ।
त्यस्तै, स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य भोलि बीमा दिवसको अवसर पारेर औपचारिक रुपमा स्वास्थ्य बीमा बोर्डको मोबाईल एप र अनलाईनबाट नविकरण सुविधा सुचारु गर्ने भएको छ। वि.सं. २०७२ चैत २५ गतेदेखि नेपाल सरकारले कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ जिल्लामा सुरु भइसकेको छ ।स्वास्थ्य बीमा दिवसको अवसरमा बोर्डलको जिल्लास्थित आफ्ना कार्यालयहरुमा दिपावली, अन्तर्क्रिरया तथा प्रभातफेरी लगायतका गतिविधि गरी बीमा दिवस मनाउने भएको छ । पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाम बाट शुरु भएको स्वास्थ बीमा कार्यक्रम यस आर्थिक बर्षको सबै जिल्लाहरुमा विस्तार भईसकेको छ।
भोलिबाट स्वास्थ्य बीमा बोर्डले अनलाईनबाटै सेवा दिने व्यवस्था गर्न लागिएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले कार्यक्रममा बताएका छन् । बीमितहरुको थप सहजताका लागि यसको शुभारम्भ गर्न लागिएको उनले कार्यक्रममा बताएका छन् । बोर्डले प्रदेश तथा जिल्ला शाखाहरुमा समेत दिपावली, अन्तरक्रिया कार्यक्रम लगायतका विविध गतिविधि गरी दिवस मनाउने तयारी गरेको ।
बोर्डले स्वास्थ्य बीमाको नविकरणको लागि स्वास्थ्य बीमा बोर्डको कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरेको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक बसौलाले कनेक्ट आईपिएस र इसेवामार्फत नविकरण शुल्क तिरेर सजिलै नविकरण गर्न सकिने गरी अनलाईन नकिवरणको व्यवस्था मिलाएको छ, जुन भोलि शुक्रबार औपचारिक उद्घाटन हुने कार्यक्रममा बताएका छन् ।













