सिमकार्ड बिक्री वितरणमा कडाई गर्ने सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । सरकारले सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाई गर्ने सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको हो।
प्राधिकरणले जारी गरेको निर्देशनमा मोबाइल सेवा प्रदायकका सिमकार्ड(रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड(रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ ।
मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्ड(रिमकार्ड बिक्री वितरण नगर्न प्राधिकरणले आग्रह गरेको छ । त्यस्तै, ग्राहकलाई आफ्नो वास्तविक विवरणको आधारमा मात्रै सिम तथा रिमकार्ड लिन समेत प्राधिकरणले आग्रह गरेको छ।













