सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण गरिएको छ । कम्पनीले नेप्सेमार्फत एक सूचना प्रकाशित गर्दै केन्द्रीय कार्यालयको स्थान परिवर्तन गरिएको जनाएको हो ।
कम्पनीको साविकको प्रधान कार्यालय का.म.न.पा.–१, कमलादी, काठमाडौंमा रहेकोमा कम्पनीको बीमा ब्यवसायमा भएको बृद्धिको कारण दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठिनाई भई सोही स्थानबाट दैनिक प्रशासनिक कारोबार संचालन गर्न असहज भएको भन्दै कम्पनीले प्रधान कार्यालय स्थानान्तरण गरेको हो ।
कम्पनीले हाल प्रधान कार्यालय वागमती प्रदेश, काठमाडौं जिल्ला का.म.न.पा वडा नं. ५ २०५ टंगाल मार्ग, टंगालमा स्थानान्तरण गरेको छ । कम्पनीले बीमा समितिको चैत २२ गतेको पत्रमार्फत सो स्थानमा प्रधान कार्यालय स्थानान्तरणको लागि स्वीकृति प्राप्त पाएपश्चात् स्थान परिवर्तन गरेको हो ।













