नेपाल आयल निगमलाई आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलको भाउ घट्यो

५ बैशाख २०७९, सोमबार १८:०३

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

आज पठाएको सूची अहनुसार डिजेल र हवाई इन्धनको मूल्य भने बढेको छ । नेपाल आयल निगमलाई अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०।३८ पैसा बढेको छ । हाल पेट्रोल प्रतिलिटर १६० रूपैयाँ, डिजेल र मट्टीतेल १४३, हवाइ इन्धन १५६ र एलपी ग्याँस १ हजार ६ सय रूपैयाँ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*