ऊर्जामन्त्री भुसालसँग एडिबीका उपाध्यक्षको भेट

५ बैशाख २०७९, सोमबार १९:०६

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक९एडिबी०का उपाध्यक्ष सिचीन छिन ले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच एडिबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे विचारविमर्श भएको छ ।

सो अवसरमा मन्त्री भुसालले नेपालको विकासमा एडिबीले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । ऊर्जा एवं सिँचाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तरराष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको मन्त्री उहाँको भनाइ थियो ।

पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य शुरु भइ विद्युत व्यापार शुरु भएको उल्लेख गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीय स्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो पनि खुलेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ । केही वर्षभित्र नै हामीले ती देशमा विद्युत निर्यात गर्ने अवस्था आउँछ ।”

आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री भुसालले जलासययुक्त जलविद्युत आयोजनामा लगानी गर्न एडिबीलाई आग्रह गर्नुभयो । उहाँले पूर्व–पश्चिम प्रशारणलाई निर्माणमा पनि एडिबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा एडिबीका उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत व्यापार नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भारतसँग ३६५ मेगावाट विद्युत व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण खुड्कीला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु ।”

जलविद्युत् र जलस्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडिबीको लगानी रहेका महत्वपूर्ण १० वटा महत्वपूर्ण आयोजनाहरूको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालीरहेको बताउनुभयो । उहाँले विद्युतको आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालन भएका उद्योगलाई पनि विद्युतले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडिबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आरर्नौड काउसिसलगायतको लगायत उच्च अधिकारीको सहभागीता थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*