संसदमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल सुरु
४ जेष्ठ २०७९, बुधबार १३:१२

काठमाडौं । प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल आज सुरू भएको छ । आज बसेको प्रतिनिधि सभा संसदमा बजेट सम्बन्धमा पेस भएको विनियोजन बजेटमा छलफल सुरू भएको हो ।
हिजो अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पेस गरेका थिए । सोही विधेयकमाथि सभामुख अग्निप्रसाद सापकोटाले छलफल सुरू गराएका हुन् ।













