दोर्दी खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको १० लाख ५४ हजार २६० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते, अर्चलबोट), श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) गा.वि.स.) का बासिन्दाहरुको लागि जारी गरेको थियो ।
दोर्दी खोला हाइड्रोपावरले सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा बिmक्री प्रबन्धकत्वमा वैशाख १३ गतदेखि जेठ ५ गतेसम्म आइपीओ बिक्री खुल्ला गरेको थियो । रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता शेयर बाँडफाँड गरिएको हो ।
लगानीकर्ताहरले उक्त आइपीओको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/ र निष्काशनकर्ता दोर्दी खोला हाइड्रोपावरको वेबसाइट बाट हेर्न सक्नेछन् ।













