नेपाल पुनर्बीमा कम्पनीद्धारा लेखापरीक्षक नियुक्तका लागि शिलबन्दी प्रस्ताव गर्न आह्वान
१५ जेष्ठ २०७९, आईतवार १५:२२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गर्नको लागि शिलबन्दी प्रस्ताव पत्र पेश गर्न आह्वान गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७८।०७९ को लागि बाह्य लेखापरीक्षणको कार्य गर्न आवश्यक भएकाले प्रचलित कानुन बमोजिम लेखा परीक्षक फर्महरुबाट वरिष्ठता पेशागत प्रमाण पत्र प्राप्त लेखा परीक्षकले १५ दिनभित्र लेखापरीक्षण शुल्क सहितको शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीको चार्टर्ड एकाउण्टेण्टसको लागि पेशागत प्रमाणपत्र प्राप्त गरी निरन्तर पाँच वर्ष वा सो भन्दा बढी लेखापरीक्षण व्यवसायमा संलग्न रहेको तथा नियमानुसार नवीकरण भएको हुनुपर्ने जनाएको छ ।
साथै म्याद नाघी र रीत नपुगी आएका निवेदन दर्ता नगर्ने कम्पनीले जनाएको छ ।














