बीमालाई स्थानिय तहसम्म पुराउन एक घर एक बीमा अवधारणा लागु

काठमाडौं । सरकारले बीमा क्षेत्रको दायरा विस्तारको लागि एक घर एक बीमा अवधारणा कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक बर्षको बजेटमार्फत बीमाको दायरा विस्तार गर्ने सरकारले एक घर एक बीमा अवधारणा कार्यक्रम ल्याएको अर्थमन्त्रीले जनाएको छ।सरकारले बीमालाई स्थानिय तहसम्म पुराउन एक घर एक बीमा अवधारणा लागु गरेको बजेटमा उल्लेख छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै बीमाको दायरा विस्तार हुने गरि सरकारले त्यस्तो नीति संचालन गर्ने बताएका हुन् । यो अवधारणको आवश्यक कार्यक्रम तयार गरि स्थानीय तहसम्म बीमाको पहुँच विस्तार गर्ने नीति सरकारले लिएको छ ।सरकारले राष्ट्रिय बीमा नीति र बीपत जोखिम रणनीति तर्जुमा गरि कार्यन्वयनमा ल्याउने तयारी समेत गरेको छ ।ब












