नेपाल टेलिकम सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले शेयरबजार बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक ४७ अंकले घट्न पुगेको छ ।
आइतबार गणतन्त्र दिवसको दिनमा सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि बजेट घोषणा गरेको थियो । सरकारले १७ खर्ब ९३ अर्बको बजेट विनियोजन गर्दासमेत पुँजीबजार केन्द्रित नभएको कारण शेयरबजार प्रभावित बन्न पुगेको हो ।
आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक घटेसँगै शेयरको मात्रा र कारोबार रकम समेत घट्न पुगेको छ । चालु आर्थिक वर्षको सुरुवातमा २१ अर्बसम्मको कारोबार भएको शेयरबजारमा पछिल्लो समय २।३ अर्बसम्म कारोबार सीमित हुन पुगेको छ ।
आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको भएको छ । कम्पनीको आज एकैदिन ४ अर्ब ९६ करोड ३८ लाख ९७५ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड २३ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड २ लाख रपैयाँ र नबिल बैंकको ३ करोड ९४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














