बलेफी हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१६ जेष्ठ २०७९, सोमबार १५:२७

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा ४५ अंकको पहिरो गएको छ । बजेट घोषणापछि शेयरबजारमा सुधार आउने लगानीकर्ताहरुको आशा टुक्रिएको छ ।

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।

धेरै कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ । केही कम्पनीहरुको शेयरमूल्य भने केही प्रतिशत बढ्न पुगेको छ । आज बलेफी हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । कम्पनीको शेयर ९.९९ प्रतिशतले बढ्न पुगेको हो ।

त्यस्तै, उपकार लघुवित्तको ८.२३ प्रतिशत, गणपति लघुवित्तको ३.९ प्रतिशत, नेपाल एसबिआई बैंकको १० प्रतिशत ऋणपत्रको २ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको १.९७ प्रतिशतले शेयरमूल्य बढ्न पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*