अपि पावरलाई हकप्रद शेयर बेच्न हम्यहम्य, जेठ १८ देखि अवतरित हकप्रद बोलकबोलमामार्फत बिक्री गर्ने

१७ जेष्ठ २०७९, मंगलवार १०:५१

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि संस्थापक र सर्वसाधारण समुहतर्फको हकप्रद शेयर बिक्रीका लागि आवेदन खुल्ला गरेकोमा सबै शेयरका लागि आवेदन नपरेको कारण बाँकी शेयर पुनः बिक्री गर्न लागेको हो ।

कम्पनीले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा सर्वसाधारण समूहतर्फको ४ लाख ४९ हजार ३२८ कित्ता शेयरहरु बाँकी रहेको हुँदा उक्त शेयरहरु प्रतिकित्ता १०० रुपैयाँका दरले खरिदका लागि आह्वान गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने जो कोही ब्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले जेठ २६ गतेभित्र बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

इच्छुक आवेदकले जेठ १८ गतेदेखि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली काठमाडौं, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु, ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्विचोक पोखरा, बृटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुरबाट बोलकबोलमार्फत शेयर खरिद गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*