नेपालमा आगमन गर्दै ‘जावा ४२ स्पोर्ट्स स्ट्राईप’ यस्ता छन् फिचर्स

१७ जेष्ठ २०७९, मंगलवार ११:२३

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा.लि.ले परिवारमा ‘जावा फोर्टी–टु स्पोर्ट्स’ एक नयाँ सदस्यको आगमन गराएको छ ।

अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उलब्ध स्टाईलिस र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राइपको अनावरण हालका चर्चित नेपाली गायक सुशान्त केसीले जेठ १६ गतेका दिन जावा मोटरसाइकलको शोरुम, उत्तरढोकामा गरेका हुन् । साथै सोही अवसरमा प्रि–बुकिङ्ग बाइकहरु वितरण पनि गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै सुशान्त केसीले भने, ‘मलाई पहिलेदेखि नै जावा मोटरबाइक निकै मन पर्दथ्यो, त्यसैले मैले विगत एक वर्षदेखि आफ्नो हरेक यात्राका लागि जावा पेराकलार्य आत्मीय बनाएको छु । र हाल नेपालमा जावा बाइकको कलेक्शनमा जावा ४२ स्पोर्ट्स स्ट्राईप पनि थपिएकोमा म एकदम हर्षित छु र यसको सफलताको कामना पनि गर्दछु ।’

साथै विगत दुई वर्षदेखि जावा बाइककको बिक्रीवितरणमा अग्नि मोटोइंक सक्रियताका साथ कार्यरत रहेको अग्नि मोटोइंकका महाप्रबन्धक शरद मिश्रले बताए । ‘यी दुई वर्षमा ग्राहकहरुबाट सदैव सकारात्मक प्रतिक्रिया नै पाइरहेका छौं ।’ उनले भने, ‘साथै, आगामी दिनहरुमा जावा ४२ स्पोर्ट्स स्ट्राईपले पनि सोही किसिमको माया पाउनेमा विश्वस्त पनि छा्रैं ।

स्पोर्ट्स स्ट्राइप मोडलका सबै मोटरसाइलकमा विविध आन्तरिक समायोजनहरु गरिएका छन्, जसमध्ये  २९३ सीसी बीएस–सिक्स लिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड हाल २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क उत्पादनको क्षमता राख्दछ ।

यो पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल लिलिन्डरयुक्त इन्जिनले जावाको भोल्युमेट्रिक क्षमतालाई उत्कृष्ट चार्ज र निकास ग्याँसको प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता बृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।

यसमा सानोभन्दा सानो इनपुटहरुलाई पनि ध्यानपूर्वक राम्रो इन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ । त्यसैगरी, १३–स्पोक एलोय ह्वीलले यस मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनीय रुपमा प्रस्तुत गरेको हुनाले यसमा क्लासिक मोटरसाइकल प्रेमीहरुलार्य आकर्षित गर्ने विश्वास राखिएको छ ।

जावामा सिटलाई नयाँ प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । साथै, रिट्युन, गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्वीन एग्जस्ट र कन्टिनेन्टलद्धारा एबीएसले सुसज्जित उत्कृष्ट स्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरुबीच सबैभन्दा छोटो ब्रेकिङ दुरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*